पुटिन–ट्रम्प अगस्ट १५ मा अलास्कामा भेट, युक्रेन युद्धविरामबारे छलफल

पुटिन ट्रम्प भेट
Shares

रूसी राष्ट्रपति पुटिनले चीन, भारतसहित पाँच देशका नेतासँग युक्रेन युद्धबारे वार्ता गरे। ट्रम्पसँग १५ अगस्टमा अलास्कामा भेट, युद्धविरामबारे छलफल हुने।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने महत्वपूर्ण भेटवार्ताको तयारी स्वरूप चीन र भारतसहित पाँच देशका शीर्ष नेताहरूसँग युक्रेन युद्धबारे गम्भीर छलफल गरेका छन्।

रूसी समाचार संवादका अनुसार पुटिनले चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका हुन्।

यसअघि पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व सल्लाहकार स्टिभ विटकफसँग पनि छलफल गरेका थिए। वार्तामा चीनका राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध समाधानका लागि अमेरिका–रूसबीचको कुराकानीलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको ऐतिहासिक भेट यही अगस्ट १५ मा अलास्कामा हुने तय भएको छ, जहाँ रुस–युक्रेन युद्धविरामबारे प्रमुख रूपमा छलफल हुनेछ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयअघि युक्रेनले युद्ध अन्त्यका लागि आफ्नो केही भूभागमाथिको दाबी छाड्नु पर्ने संकेत दिएपछि विवाद चर्किएको छ। उक्त बयानपछि केही घण्टामै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको भूमि अतिक्रमणकारीलाई नदिने स्पष्ट चेतावनी दिएका छन्। उनले युक्रेनको सहमति विना कुनै पनि निर्णय अस्वीकार्य हुने बताएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.