फेसबुक-गुगलको कमजोरी पत्ता लगाएर लाखौँ कमाउँछन्

Shares

१६ साउन, काठमाडौं । अन्जानमै फेसबुकको एउटा कमजोरी पत्ता लाग्छ, त्यसबाट २ हजार डलर पुरस्कार पाउँछन् । सन् २०१९ मा जुरेको यो संयोगले सुरु हुन्छ, स्याङ्जाका सौगात पोखरेलको नयाँ यात्रा ।

त्यसबेला सौगात सामान्य विद्यार्थी थिए । पढाइ बीएस्सी फिजिक्स । उनी फेसबुक पेज चलाउँथे, त्यसमा शिक्षासम्बन्धी पोस्ट गर्थे । एक दिन पेजमा आएका म्यासेजको जवाफ दिँदा व्यक्तिगत ह्यान्डलबाट म्यासेज गएछ । यसले उनलाई अप्ठ्यारो बनायो ।

‘मैले सोचेँ, यो त गलत भयो, कसरी सुधार्ने ?,’ सौगातले सम्झिए, ‘यसबारे फेसबुकमा रिपोर्ट गरेँ । मलाई त्यतिबेला ‘बग हन्टिङ’बारे केही थाहा थिएन । मैले त्यो कमजोरी सच्याउन मात्रै फेसबुकलाई रिपोर्ट गरेको थिएँ ।’

तर, ख्यालख्यालमै फेसबुकले सौगातलाई धन्यवादस्वरूप २ हजार डलरको पुरस्कार दियो । यो अप्रत्यासित घटनाले उनलाई ‘बग बाउन्टी’ को दुनियाँमा प्रवेश गरायो, जसमा कुनै पनि कम्पनीका डिजिटल कमजोरी पत्ता लगाएबापत ‘रिवार्ड’ पाइन्छ ।

रिवार्ड पाइने देखेपछि सौगात यसमै भविष्य खोज्न थाले । रिसर्च गरे । त्यसयता फेसबुकको सिस्टममा मात्र ७० भन्दा बढी कमजोरी पत्ता लगाइसकेका छन् ।

उनका अनुसार यो क्षेत्रमा निरन्तरता र धैर्यता दुवैै चाहिन्छ । कहिलेकाहीँ महिनौँसम्म केही बग (कमजोरी) फेला नपर्ला, कहिलेकहीँ ठूलै कुरा पनि पत्ता लाग्न सक्छ । पत्ता नलगाउँदा कमाइ हुँदैन, केही राम्रो कमजोरी पत्ता लगाएर रिपोर्ट गर्दा लाखौँ डलर पनि कमाउन सकिन्छ ।

सौगात पोखरेल ।
सौगात आफू स्वयंलाई पनि ‘मेटा बग हन्टर’ को रूपमा चिनाउन चाहन्छन् । कारण, अहिलेसम्म उनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता मेटा कम्पनीका एपका कमजोरी पत्ता लगाउन सक्रियता देखाएका छन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.