फ्लाइङ ट्याक्सी काठमाडौं आइपुग्यो, नाडा अटो शोमा प्रदर्शनी गरिने

Shares

भदौ १, काठमाडौं / तातोपानी क्षेत्रमा देखिएको प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै फ्लाइङ ट्याक्सी काठमाडौं आइपुगेको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले भदौको ३ गतेदेखि आयोजना गर्ने नाडा अटो शोमा उक्त ट्याक्सी प्रर्दशन गरिने छ ।
भविष्यको मोबिलिटी झल्काउँदै नाडाले डिपल ईभीटीओएल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भदौको ८ गतेसम्म चल्ने उक्त अटो शोमा राख्न लगेको हो । यसपटकको अटो शोमा यी प्रविधि अवलोकनको आकर्षणको केन्द्रमा पर्ने नाडाको विश्वास छ ।

१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र नभई देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण रहको नाडाले बताएको छ । उड्ने ट्याक्सीको चर्चा भइराख्दा अटो शोमा अवलोकनकर्ताको घुइँचो लाग्ने अनुमान गरिएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.