बुटवल कालिका क्याम्पसमा नयाँ सञ्चालक समिति सर्वसम्मत, अध्यक्षमा पुनः होमबहादुर गलामी

Shares

साउन २४ । बुटवल कालिका क्याम्पसको १३औँ क्याम्पस सभा तथा पाँचौँ अधिवेशनले होमबहादुर गलामीको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट नवनिर्वाचित समितिको उपाध्यक्षमा नित्यानन्द ज्ञवाली तथा सदस्यहरूमा यमुना काउचा, रुद्रबहादुर हमाल, ओमीकला गाहा, अनिलप्रसाद श्रेष्ठ, केशवराज न्यौपाने, अनिता भुसाल र क्याम्पस प्रमुख घनश्याम पाठक सर्वसम्मत निर्वाचित हुनुभएको हो।
क्याम्पस सञ्चालक समिति अध्यक्ष होमबहादुर गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कालिका क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बुटवलका क्याम्पसहरूको संरक्षण र विकासका लागि उपमहानगरपालिका कानुनी तथा वैधानिक बाटोबाट अघि बढिरहेको उल्लेख गर्नुभयो।
प्रमुख पाण्डेले शिक्षाको क्षेत्रमा आवश्यक परे एक्लै भए पनि जोखिम उठाउन तयार रहेको बताउँदै सामुदायिक क्याम्पसको संरक्षण र सुदृढीकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्मका शैक्षिक, प्रशासनिक तथा संस्थागत गतिविधिका बारेमा जानकारी गराउनुभयो।
त्यस्तै, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नम्बर १० का जनप्रतिनिधि यमुना काउचा तथा पूर्व क्याम्पस सञ्चालक अध्यक्ष अर्जुनमान सैजुलगायतले क्याम्पसको शैक्षिक विकास र संस्थागत सुदृढीकरणका लागि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नित्यानन्द ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख महेश पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.