भलिबलले जोड्याे मन: माथागढीमा रमैडाँडाले उचाल्यो उपाधि; वडा अध्यक्षद्वारा ‘अनुशासन र एकता’ को सन्देश

Shares

पाल्पा/चिदीपानी: माथागढी गाउँपालिका–१, चिदीपानीस्थित फेदी युवा क्लबले आयोजना गरेको एकदिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ। यो प्रतियोगिता स्थानीय युवा शक्ति र सामाजिक एकताको प्रतिविम्ब बनेको छ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि, माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष राजकुमार पन्थीले युवाहरूको जोशको प्रशंसा गर्दै खेलकुदलाई ‘अनुशासन, एकता र सहकार्यको सूत्रधार’ को रूपमा व्याख्या गर्नुभयो। उहाँले शारीरिक तन्दुरुस्तीका साथै सामाजिक समरसतालाई मजबुत बनाउन खेलकुदको भूमिका अतुलनीय हुने बताउनुभयो।

अध्यक्ष पन्थीले खेलकुद, भौतिक संरचना र मानव संसाधनको सन्तुलित विकासका लागि वडा कार्यालय सदैव युवाको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतियोगिताको नतिजा र पुरस्कार

प्रतियोगितामा रमैडाँडा युवा क्लब ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्‍यो। आयोजक फेदी युवा क्लब ले द्वितीय स्थान हासिल गर्दा खहरे युवा क्लब (माथागढी–२ र ३) तृतीय स्थानमा रहन सफल भयो।

विजयी टोलीहरूलाई प्रमुख अतिथि पन्थीले क्रमशः प्रथमलाई रु. १२,०६०, द्वितीयलाई रु. ९,०६० र तृतीयलाई रु. ६,०६० नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो।

क्लबका अध्यक्ष विष्णु बहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मोहन बहादुर जिसीले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सोम ब. आले, बलबहादुर सारु, ॐ बहादुर सारु, ऋषिराम पन्थी लगायत स्थानीय विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.