भारतको बलरामपुरमा नेपाली यात्रु बोकेको बस दुर्घटना, आगलागीमा ३ को मृत्यु

Shares

१६ मंसिर, काठमाडौं – भारतको उत्तर प्रदेशको बलरामपुर जिल्लामा नेपाली यात्रु बोकेको बस ट्रकसँग ठोक्किँदा आगलागी भई ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।

मंगलबार बिहान करिब २ः३० बजे यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक कोतवाली देहात थाना क्षेत्रअन्तर्गत फुलबरिया सडकमा एक–अर्कामा ठोक्किएका थिए । ठोक्किएपछि बस करिब १०० मिटरसम्म घिस्रिँदै हाइटेन्सन लाइनको बिजुलीको पोलमा ठोक्किएको थियो । पोल भाँचिएर बसमाथि खस्दा करेन्ट सर्ट भई आगो फैलिएको बताइएको छ ।

दुर्घटनाग्रस्त बस नेपाल–भारत सिमानास्थित सुनौलीबाट दिल्लीतर्फ उद्दत थियो । बसमा ४५ जना यात्रु रहेको र तीमध्ये धेरैजना नेपाली रहेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.