भाषा आयोगको आग्रह: इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै हुनुपर्छ

Shares

१८ भदौ,काठमाण्डौ – भाषा आयोगले सवारीसाधनमा जडान गरिने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै हुनुपर्नेमा जोड दिएको छ। आयोगले सरकारी कामकाजको भाषा नेपाली नै हुने संवैधानिक व्यवस्था हुँदाहुँदै नम्बर प्लेटलाई अङ्ग्रेजी भाषामा राख्ने निर्णय उचित नहुने बताएको हो।

आयोगका अनुसार नेपालको संविधानको धारा ७(१) मा सरकारी भाषा नेपाली हुने प्रावधान छ। साथै, २०८१ असार ९ गते सर्वोच्च अदालतले दिएको फैसलामा समेत नेपाली भाषाको प्रयोग र देवनागरी लिपीको प्राथमिकता स्पष्ट गरिएको छ। धारा ७(३) अनुसार भाषासम्बन्धी अन्य विषयमा नेपाल सरकारले भाषा आयोगको सिफारिसका आधारमा निर्णय गर्नुपर्ने उल्लेख छ।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो संवैधानिक दायित्वअनुसार देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर प्लेट राख्न सरकारलाई पुनः ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो। हाल सरकारले इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्ने तयारी गरेको छ। तर, यससँगै नम्बर प्लेटमा प्रयोग हुने लिपि, जडान खर्चलगायतका विषयमा प्रश्न उठिरहेको छ।

यसैबीच सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल कायम रहने भए पनि असोज १ गतेदेखि जडान नगरेका सवारीसाधनलाई तुरुन्तै कारबाही भने नगरिने सूचनामार्फत जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.