महिला एशियन कप छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्कियो

Shares

साउन २६, काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतवार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार बेहोरेको थियो ।

भूटानको थिम्पुमा रहेको चाङलिमिथाङ स्टेडियममा हिजो भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो । छनोटमा नेपालले ३ खेल खेलेर ४ अङ्कमात्रै जोड्न सक्यो ।

नेपालले पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेल्दा दाेस्राे खेलमा साउदी अरेबियासँग १–० ले विजयी भएको थियो । नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अङ्कका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा छनोट भयो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.