माधवप्रसाद देवकोटा पुरस्कार–२०८२’ बाट डा. नारायण प्रसाद पन्थ सम्मानित

Shares

बुटवल। नव जागृति पुस्तकालय, बुटवलले साहित्य तथा समाजसेवामा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यस वर्षको ‘माधवप्रसाद देवकोटा पुरस्कार–२०८२’ बाट डा. नारायण प्रसाद पन्थलाई सम्मान गरेको छ।

देवकोटाको १२३ औं जन्मजयन्तीको अवसर पारेर आयोजित एक विशेष समारोहमा डा. पन्थलाई उक्त प्रतिष्ठित पुरस्कारबाट विभूषित गरिएको हो।

डा. पन्थले नव जागृति पुस्तकालयले साहित्य, संस्कृति र पठन-संस्कृतिको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै, देवकोटाको नाममा स्थापित यो सम्मान पाउनु आफ्नो लागि ठूलो गौरवको विषय भएको बताउदै, पुरस्कार छनोट समितिका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ लगायत अक्षय कोष स्थापना गर्ने महानुभावहरूप्रति  कृतज्ञता ज्ञापन गर्नुभएको छ

पुरस्कार छनोट समितिका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले पुस्तकालयले हरेक वर्ष साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको र यस वर्ष डा. पन्थलाई छनोट गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको बताउनुभयो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.