१८ मंसिर, काठमाडौं – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) भारतको दुईदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली आउँदै छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार दिउँसो ४ बजे दिल्लीमा अवतरण गर्ने कार्यक्रम छ। उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्ने छन्।
पुटिनको आगमनलाई लक्षित गर्दै भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सबै सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नवभारत टाइम्सका अनुसार, ‘पुटिन भारत प्रवेश गर्ने क्षणदेखि नै फिर्ता हुनेसमयसम्म सुरक्षा एजेन्सीहरूले सबै गतिविधिमा कडा निगरानी गर्नेछन्।’
Post Views: 126






