बुटवल: रूपन्देहीको श्री गणेश ज्ञानज्योति पब्लिक हाई स्कूल, बुटवल १५ सेमलारमा यस वर्षको एसईई परीक्षामा एकजना विद्यार्थीले GPA 4 ल्याएका छन्। विद्यालयका प्राचार्य कुलराज शर्माका अनुसार, प्रशन्न पौडेलले सुरुमा नेपाली विषयमा केही कम जिपिए ल्याएका थिए। तर, उनले नतिजामा चित्त नबुझ्दा रिटोटलिङ (पुन:योग) का लागि निवेदन दिएपछि GPA 4 प्राप्त गरेको आज पुष्टि भएको छ।
विद्यालयले एसईई परीक्षा २०८१ मा कुल ३६ जना विद्यार्थी सहभागी गराएको थियो। तीमध्ये प्रशन्न पौडेलले GPA 4 ल्याउन सफल भएका छन्। यसबाहेक, १७ जना विद्यार्थीले A+, ९ जनाले A र बाँकी विद्यार्थीले B+ ल्याउन सफल भएका छन्। यो नतिजाबाट विद्यालय परिवार निकै खुसी भएको प्राचार्य शर्माले बताएका छन्। उनले उत्कृष्ट नतिजा ल्याउनका लागि खटिने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८१ को नतिजा २०८२ असार १३ गते, शुक्रबार सार्वजनिक गरेको थियो। यसरी सुरुमा आएको नतिजामा चित्त नबुझाएर पुन:योगका लागि निवेदन दिने विद्यार्थीको नतिजासमेत प्रकाशित भएपछि आफूरूलाई सुखद खबर आएको बताउनुभयो।यसले विद्यार्थीहरूको मेहनत र लगनशीलताको साथै विद्यालयको शैक्षिक गुणस्तरको पनि थप पुष्टि गरेको छ।






