सन्धिखर्क जोड्ने दुई मुख्य सडक रातको समयमा बन्द

Shares

अर्घाखाँची —जिल्ला सदरमुकाम सन्धिखर्क जोड्ने दुई मुख्य सडकमा आज र भोलि रातभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–सन्धिखर्क सडक र रुपन्देहीको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा गाडी सञ्चालनमा अत्यावश्यकबाहेक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।

देशभर भीषण वर्षा भइरहेका बेला अर्घाखाँचीमा दुई सडकमा बाढी पहिरो, भू–क्षय तथा विपद्‍जन्य घटना हुन सक्ने भएकाले यात्रुको सुरक्षा र विपद् जोखिम न्यूनीकरण गर्न सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

शनिबार बेलुका ६ देखि २० गते सोमबार बिहान ५ बजेससम्मका लागि रातिमा अत्यावश्यकबाहेक सबै गाडी रातको बेला नचलाउन यातायात व्यवसायीसहित सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.