सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

Shares

२८ कात्तिक, काठमाडौं – सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।

निर्वाचन आयोगले साढे ७ अर्ब रुपैयाँको माग गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन्।

भट्टराईका अनुसार, “निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ।” उनले थपे कि आवश्यक परेमा भविष्यमा सरकारले थप बजेट उपलब्ध गराउनेछ र अहिलेलाई ५ अर्ब रुपैयाँ स्वीकृत गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.