२७ कात्तिक, काठमाडौं – नेपालमा सुनको मूल्य फेरि नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो दिनको तुलनामा आज तोलामा ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। बिहीबार प्रतिऔंस ४२०० अमेरिकी डलर नाघेको छ। यसअघि अन्तर्राष्ट्रिय बजारमा सुन ४३८१ डलरसम्म पुगेको रेकर्ड रहेको छ।
नेपालमा यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यसअघि असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ प्रतितोला पुगेको थियो।






