सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम

Shares

साउन २३, काठमाडौं / नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २० गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँ पुगेको छ। nयो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो। यस्तै बिहीबार भने सुन प्रतितोला १ लाख ९८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.