२८ कात्तिक, काठमाडौं – एक दिनअघि तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने ५ सय रुपैयाँले मात्रै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको सुनको मूल्य २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो। यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ६० रुपैयाँ घट्दै ३ हजार २८५ रुपैयाँमा सीमित भएको महासंघले जनाएको छ। अघिल्लो दिन यसको मूल्य ३ हजार ३४५ रुपैयाँ थियो। चाँदी असोज ३१ गते ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ।
Post Views: 260






