सुन बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड

Shares

भदौ १३, काठमाडौं – नेपाली सुन बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। तीन साताअघि साउन २३ गते कायम भएको मूल्यलाई तोड्दै आज सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो। यसअघि साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा पुगेको छ। यो पनि अहिलेसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको हो। उनका अनुसार, “अन्तर्राष्ट्रिय बजारमा जस्तै मूल्य घटबढ हुँदा त्यसको सिधा असर नेपाली बजारमा देखिन्छ।” हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४ सय अमेरिकी डलर नाघेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.