सेयर बजारमा प्रारम्भिक तेजीपछि अन्तिम समयमा खुम्चियो, नेप्से २२ अंकले मात्र बढ्यो

Shares

२३ असोज, काठमाडौं – आजको सेयर बजारमा सुरुमा तेज उठान आए पनि अन्तिम समयमा बजार खुम्चिएको देखियो । कारोबार शुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् करिब ४ प्रतिशतले वृद्धि भई २६७५ अंक पुगेको थियो।

तर, त्यसपछि सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि रोकियो । सर्किट ब्रेक खुलिसकेपछि बजारमा क्रमशः गिरावट आउन थाल्यो। अन्ततः कारोबार बन्द हुँदा नेप्से परिसूचक २२.५९ अंकले मात्र बढेर २५८२ अंकमा कायम भयो।

दिनभर कुल ५ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ७६ करोडको कारोबारभन्दा कम हो। २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

व्यापार समूह बाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन्। व्यापार समूह १.४८ प्रतिशत घटेको छ भने बैंकिङ १.०७ प्रतिशत, विकास बैंक १.०८ प्रतिशत, फाइनान्स १.२३ प्रतिशत, होटल तथा पर्यटन ०.९२ प्रतिशत, हाइड्रोपावर ०.९५ प्रतिशत, लगानी १.६१ प्रतिशत, जीवन बीमा १.३० प्रतिशत, उत्पादन तथा प्रशोधन १.०३ प्रतिशत, माइक्रोफाइनान्स ०.९५ प्रतिशत, निर्जीवन बीमा ०.९३ प्रतिशत र अन्य समूह ०.२३ प्रतिशतले बढेको छ।

आज विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले वृद्धि भयो। यसैगरी एसियन हाइड्रोपावर ५.५४ प्रतिशत र कर्पोरेट डेभलपमेण्ट बैंकको मूल्य ४.१५ प्रतिशतले बढ्यो। थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.०९ प्रतिशतले सबैभन्दा धेरै घटेको छ भने भूगोल इनर्जी ५.४३ र आत्मनिर्भर लघुवित्त ३.३७ प्रतिशतले मूल्य घटाएका छन्।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी रहेका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.