होराइजन गौतमबुद्ध माविको खेल सप्ताह: दोस्रो दिन पनि विभिन्न खेलकुद सम्पन्न ।

Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा-१, ड्राइभरटोलमा रहेको होराइजन गाैतमबुद्ध स्कूलले विभिन्न कार्यक्रमसहित पहिलोपटक वार्षिक उत्सव मनाउन सुरु गरेको छ । विद्यालयले शुक्रबारदेखि पुस ३० गतेसम्म वार्षिक उत्सव तथा खेल सप्ताह आयोजना गर्दै साताव्यापी कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यालय स्थापनाको ३२ वर्ष पूरा भए पनि औपचारिक रूपमा पहिलोपटक वार्षिक उत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ । यस अवसरमा विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज विभिन्न विधाका खेलहरू भव्य रूपमा सम्पन्न भएका छन्। विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो खेल कौशल र बौद्धिक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।कार्यक्रम अन्तर्गतअन्तर-कक्षा हाजिरी जवाफ प्रतियोगितामा निकै कडा प्रतिस्पर्धा देखिएको थियो। जसमा कक्षा ११ विज्ञान समूह प्रथम ,कक्षा १२ व्यवस्थापन दिवा समूह द्वितीय र कक्षा १२ विज्ञान तृतीय भएका छन्।

एथलेटिक्स तर्फ छात्रहरूको १०० मिटर र ४०० मिटर दौड दुवै विधामा कक्षा ११ का निश्चल थापाले प्रथम स्थान प्राप्त गर्दै दोहोरो सफलता चुमे। लङजम्पमा ४.८ मिटरको छलाङ मार्दै व्यवस्थापन संकायका प्रशान्त पाण्डेले स्वर्ण पदक जिते भने साहिल कुमार थारु र सुशान्त क्षेत्री क्रमशः द्वितीय र तृतीय हुन सफल भए।

भलिबल तर्फ छात्र र छात्रा दुवै तर्फ व्यवस्थापन दिवा समूहको वर्चस्व रह्यो। छात्र भलिबलमा विमोचन क्षेत्रीको टोली प्रथम भयो भने छात्रातर्फ आशिका बरालको टोलीले प्रथम स्थान सुरक्षित गर्‍यो।

छात्रा कबड्डी प्रतियोगितामा पनि व्यवस्थापन संकायले नै बाजी मार्यो। विज्ञान संकायलाई पराजित गर्दै व्यवस्थापन प्रथम हुन सफल भएको हो। कबड्डी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रिदम भुसाल ‘वेस्ट रेडर’ र बर्षा खत्री ‘वेस्ट डिफेन्डर’ का रूपमा घोषित भए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.