होराइजन गौतम बुद्ध मा. वि. मा खेल सप्ताह सुरु

Shares

मङ्सिर १५, तिलोत्तमा
होराइजन गौतम बुद्ध मा. वि. तिलोत्तमा १ शङ्करनगरमा सप्ताहव्यापी खेल महोत्सव सुरु भएको छ । विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा. न . १ का अध्यक्ष फर्सुराम गिरीको प्रमुख आथिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीले गरेका थिए भने कार्यक्रम संचालन विद्यालयका खेल प्रशिक्षक विक्रम गुरुङले गरेका थिए । खेल सप्ताहमा  हाउस फादर तथा हाउस मदरलाई खेलकुद पोसाक वितरण गरिएको थियो । कार्यक्रममा स्काउट मार्चपास, ४ ओटा सदनका सदनगत मार्चपास र रोचक कराँते प्रसर्शन गरिएका थिए ।

उक्त कार्यक्रमआ प्रमुख अतिथिलगायत अतिथिले  बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू श्रेष्ठले विद्यालयले कक्षा कोठाको सैद्धान्तिक ज्ञानका अतिरिक्त खेलकुदको विकासलाई प्राथमिकतामा पारेको बताए ।
प्रमुख अतिथि गिरीले  विद्यालयले गरेका कार्यको जति प्रशंसा गरे पनि कमी हुने बताउँदै होराइजनको ख्यातिका कारण विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेकोमा खुसी व्यक्त गरे । प्राचार्य गोपाल प्रसाद आचार्यले विद्यालयले हरेक वर्ष यस्ता खालका अतिरिक्त कार्यलाई प्राथमिकता दिइने गरेको बताए । कार्यक्रममा उपप्राचार्य ईन्द्र भुसाल, विद्यालयका एकेडेमिक डाइरेक्टर लक्ष्मणप्रसाद गौतम, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, प्राध्यापक डा. तारानाथ भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.