“आमा”💞
आमा संसारको महान शब्द हो। संसारमा “आमा” शब्द आफैमा पूर्ण र पवित्र छ। जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिनुभएको हो,आमा सबैको जीवनमा सब भन्दा महत्वपूर्ण मानव हुनुहुन्छ । जसले हरेक मानिसको मनमा स्नेह, ममता र सुरक्षाको भाव जगाउँछ।मानव जगतमा आमा जस्तो प्रिय सँगै ममताकी खानी लाग्ने चिज सायदै अरु कुनै छैन होला। हामीले हरेक कार्य गर्दा अनुभव गरेको कुरा हो। बाटोमा हिड्दा,केही कार्य गर्दा असहज र अप्ठ्यारो दुखाई हुन गयो भने पनि हाम्रो कर्णप्रिय मुख बाट आवाज फ्याट निस्कने पहिलो शब्द नै आमा हो, त्यसैले त्यो दुखाइले आमाको सहयोग र कार्यसम्पादनमा हौसला मिलेको हुन्छ।
आमाको महत्व:
आमाले केवल आफ्नो बच्चाको बारेमा मात्र नभई सम्पूर्ण परिवारको ख्याल राख्नुहुन्छ।आमा परिवारको भावनात्मक मेरुदण्ड हुनुहुन्छ।जसले सम्पूर्ण परिवारलाई बाध्य र एकजुट बनाई अगाडि बढाउनु हुन्छ। उहाँ एक हुनुहुन्छ,जसले परिवारको सदस्य बिरामी र अन्य खराब दिनहरुमा रातभरि नसुति हेरचाह गरेर बिताउनु हुन्छ। उहाँ खुसीसाथ परिवारमा भएका दुख र सुखका पलहरुमा सामेल भई सबैलाई मनपर्ने र मन नपर्ने कुरा बुझ्नुहुन्छ।हरेक कार्यहरु गर्दा थाकेपछि पनि उहाँ परिवारका लागि नथाकेको गरि केहि पनि गर्न तयार हुनुहुन्छ। सम्पूर्णको जिवनमा आमा अनमोल रत्न हुनुहुन्छ। आमाहरु बिना जिवन साच्चै अध्यारो र अन्धकार हुन्थियो।आमाले आफ्नो हाम्रो लागी खुसीको त्याग पनि गर्नुहुन्छ। तेसैले हामीले उहाँले दिएको मायाको बदलामा उहाँलाई अझै धेरै माया र सहयोग पुर्याउनु हाम्रो कर्तव्य हो।
मेरो आमा “जमुना” असल स्वाभाविककी:
आमा सधैँ असल स्वाभाविककी, मेहनती,मायालु,दयालु,नम्र मिठो बोली र सहयोगी हुनुहुन्छ। उहाँ बिहान सबेरै उठेर आफ्नो सरसफाई, पूजापाठ गर्नुहुन्छ। त्यसपछि परिवारको लागि खाना पकाउने, घरधुरीको हरेक काम गर्ने र हामीलाई राम्रो सँग पढ्न, विभिन्न किसिमका सिपमुलक कार्य सिक्न हौसला र प्रोत्साहित गर्नुहुन्छ।
उहाँलाई कहिल्यै आफ्नो दुःखको चिन्ता हुदैन।बरु सधैँ
हामीलाई कसरी खुशी राख्ने भन्ने कुरामा ध्यान दिनुहुन्छ। आमा जमुनाले मलाई सधैं शिक्षा र संस्कारको महत्त्व सिकाउनुहुन्छ। उहाँ सधैँ भन्नुहुन्छ।”जिवनमा असल चरित्र सबैभन्दा ठूलो सम्पत्ति हो।”
यसकारण उहाँले इमान्दारी , मेहनत र अनुशासनमा बस्न प्रेरित गर्नुहुन्छ।
आमा ममता र त्यागको खानी,नि:स्वार्थ प्रेम सँगै महिमा:
संसारमा आमा शब्द यस्तो हो जसले हरेक मानिसको मनमा स्नेह,ममता र सुरक्षाको भाव बोकेको हुन्छ। सृष्टिकर्ता,पालनकर्ता र हाम्रो जिवनको पहिलो पाठशाला हो। मानिस जन्मिएर बोल्न सिक्दा उसले उच्चारण गर्ने पहिलो शब्द आमा नै हुन्छ।आमाको माया कुनै स्वार्थ बिनाको हुन्छ।सन्तान जस्तो सुकै भएपनि घृणा र छिरछिर धुरधुर गर्नुहुदैन ।आमाको काख संसारको सबै भन्दा सुरक्षित र शान्त ठाउँ मानिन्छ
उहाँ आफ्ना सन्तानलाई सहि बाटो देखाउन र उनिहरूको भविष्य उज्जवल बनाउन सधैँ तत्पर रहनु हुन्छ। आमाको महिमा, उहाँले सन्तानलाई नौ-नौ महिना सम्म आफ्नो कोखमा राखि दुख सुख भुलि यो सुन्दर धर्तीको जन्म दिनुभएको हुन्छ।हरेक दुःख त पिडा पर्दा होस् वा खुसिको क्षण सबैभन्दा पहिले सम्झना आउने व्यक्ति आमा नै हुनुहुन्छ।
नेपाली संस्कृतिमा आमा:
हाम्रो नेपाली संस्कृतिमा आमालाई भगवान भन्दा पनि उच्च स्थानमा राखिएको हुन्छ। हरेक वर्ष वैशाख कृष्ण औंसीको दिनमा आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रुपमा आमा प्रति प्रेम कृतज्ञता र सम्मान गरिन्छ।यस दिन विशेष रमाइलो सगैँ आमालाई मनपर्ने खानेकुरा
खुवाएर,उपहार दिएर र आशिर्वाद लिएर यो दिवस मनाइन्छ।यसरी आमा परिवारको मात्र आधार नभई समाज र राष्ट्र निर्माणको मेरुदण्ड पनि हुनुहुन्छ। त्यसैले भनिन्छ,………………
“आमाको सेवा नै भगवानको सेवा हो”।
अन्त्यमा:
जीवन र जगतमा आमाको माया अपरम्पार नै छ। आमाको ममताको तुलना यो संसारको कुनै पनि धन-दौलत वा वस्तुसँग गर्न सकिदैन। उहाँको योगदान र त्याग अतुलनिय छ।यसैले हामीले आमालाई सधै आदर,
सम्मान र माया गर्नुपर्दछ।आमा जिवित हुर्दा उहाँको सेवा गर्नु र खुसि राख्नु नै सन्तानको सबै भन्दा ठुलाे कर्तब्य हो।
लेखक:
बाबुराम शाही
छत्रदेव-४- केरुङ्गा, अमराई अर्घाखाँची।





