९ माघ, बुटवल / प्राज्ञिक अनुसन्धानमा सरकारकाे लगानी र निष्कर्षकाे व्यवहारिक कार्यान्वयन विना देशकाे समुन्नति नहुनेमा विज्ञहरुकाे जाेड रहेको छ । आर्थिक अनुसन्धान केन्द्र नेपालकाे आयाेजनामा बुटवलमा अर्थशास्त्रीहरूलाई सम्मान तथा लुम्बिनी प्रदेशमा प्राज्ञिक अनुसन्धानकाे अवस्था र अवसर विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्राध्यापक रामलाल श्रेष्ठले सामाजिकआर्थिक रुपान्तरणका लागि सबै प्राज्ञिक व्यक्तिले निरन्तर आफ्नो विषयसँग सम्बन्धित रहेर अनुसन्धान गर्न सक्नुपर्ने र यसका लागि सरकार तथा दातृ संघ सस्थाहरुले वितिय सहयाेगका कार्यक्रम सञ्चालन गरेमा नेपालकाे जनशक्ति विश्व बजारमा सजिलै प्रतिस्पर्धी बन्ने बताउनु भयाे । विशिष्ट अतिथि प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले आफुले प्राप्त गरेको ज्ञान समाजका समस्याको अध्ययन र समाधानमा केन्द्रित गर्न नसकेको अवस्थामा प्राज्ञिक व्यक्तिको अस्तित्वमा प्रश्नचिह्न लाग्ने बताउनु भयाे ।
विशिष्ट अतिथि प्राध्यापक डाक्टर रामचन्द्र आचार्यले जुन देशमा सरकारी स्तरबाट प्राज्ञिक अनुसन्धानका परियाेजनामा लगानी गरिदैन, त्यस देशको अर्थतन्त्र स्वाधीन र आत्मनिर्भरता तर्फ अगाडि बढ्न नसक्ने भएकोले संघ प्रदेश र स्थानीय सरकारले आफ्नो बजेट तथा नीति कार्यक्रममा यस्ता कार्यक्रम समावेश गरि युवालाई आकर्षित गर्न सुझाव दिनु भएको छ ।
कार्यक्रममा सम्मानित अर्थशास्त्रीका तर्फबाट भानुभक्त भुसालले मनतव्य राख्दै प्राज्ञिक खाेज अनुसन्धानमा लागेका व्यक्तिलाई सरकारले सम्मान गर्नुपर्नेमा जाेड दिनु भयाे । कार्यक्रममा दिपक ढकाल , रिमा बि सि , सिमा वन लगायतले शुभकामना मनतव्य दिनु भएको थियाे । कार्यक्रममा प्राध्यापक डाक्टर बावुराम ज्ञवाली , प्राध्यापक रामचन्द्र आचार्य र भानुभक्त भुसाललाई अर्थशास्त्र विषयकाे गरिमालाई उच्चस्तरमा पुर्याउनका लागि गरेको शिक्षण तथा खाेज अनुसन्धानकाे सम्मान गर्दै सम्मान गरिएको थियाे । साेहि अवसरमा सस्थाकाे अनुसन्धानमूलक प्रथम जर्नलकाे विमाेचन समेत गरिएको थियाे ।

कार्यक्रममा सचिव भाेजराज पङ्गेनिले लुम्बिनी प्रदेशमा प्राज्ञिक अनुसन्धानकाे अवस्था र अवसर विषयमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियाे । सदस्य निर्मल हुमागाईकाे स्वागत मनतव्य , अध्यक्ष हुमराज भुसालको अध्यक्षता र अमर डि सिकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






