इलाम जाने तयारीमा रहेका मन्त्रीद्वयको भ्रमण स्थगित

Shares

२० असोज, काठमाडौं — गृह मन्त्री ओम प्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङको आजको इलाम भ्रमण स्थगित भएको छ।

बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको अवलोकन गर्न उनीहरू आज बिहान ११ बजे काठमाडौंबाट झापाको भद्रपुर हुँदै हेलिकप्टरमार्फत इलाम जान तयार भएका थिए। तर, निर्धारित समयअघि उडानको टिकट नपाउँदा भ्रमण स्थगित भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

“११ बजे प्रस्थान गर्ने भनिएको थियो, तर त्योभन्दा अघिको उडान पाउने सम्भावनामा तयारी गरिएको थियो। टिकट नपरेकाले भ्रमण आजका लागि रद्द गरिएको हो,” स्रोतले जानकारी दियो।

मन्त्रालयका एक अधिकारीका अनुसार, राहत सामग्रीसहित चाँडै नयाँ मिति तय गरेर इलाम जाने तयारी भइरहेको छ।

असोज १८ गतेको भीषण वर्षाका कारण इलाममा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। दर्जनौं घाइते तथा बेपत्ता छन् भने राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.