बुटवल, श्रावण १७ / कुलिनरी एकेडेमी अफ आर्ट्स नेपाल (CAAN) ले आफ्नो प्रथम वार्षिकोत्सव तथा स्नातक (Graduation) समारोह बुटवल–नयाँमिलस्थित होटल स्वानमा भव्य रूपमा सम्पन्न गरेको छ।
समारोहका प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख तथा सह–प्राध्यापक डा. श्री प्रसाद भट्टराई हुनुहुन्थ्यो। कार्यक्रममा मनोज भट्टराई, तारा प्रसाद पराजुली, समुद्र घिमिरे क्षेत्री, सुशीला पौडेल, अरुण मैनाली, दिप्तेन्दु मैती र कृष्ण शाहलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष अतिथिका रूपमा सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व CAAN का प्रबन्ध निर्देशक पुष्पराज पन्थले गर्नुभएको थियो भने सञ्चालन निशाना पोखरेलले गर्नुभएको थियो।
स्वागत मन्तव्य तथा संस्थाको परिचय प्रस्तुत गर्दै CAAN का सञ्चालक एवं Academic Coordinator रमेश लम्सालले Hospitality Industry मा दक्ष जनशक्तिको बढ्दो मागलाई मध्यनजर गर्दै २०८२ सालदेखि संस्थाको यात्रा प्रारम्भ भएको जानकारी दिनुभयो। छोटो अवधिमै संस्थाले १५० भन्दा बढी विद्यार्थीलाई बारिस्ता, बेकरी एन्ड पेस्ट्री, सुशी तथा मिक्स कुकिङलगायत सीपमूलक तालिम प्रदान गर्न सफल भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार Hyatt Place, Tiger Palace, Radisson Blu, Ramada, Marriott र Sarobar जस्ता प्रतिष्ठित होटलहरूसँग औद्योगिक प्रशिक्षण (Industrial Training) तथा Industrial Visit कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै विद्यार्थीहरूको अनुभव आदान–प्रदान, सांस्कृतिक प्रस्तुति, अतिथिहरूको शुभकामना मन्तव्य, केक काट्ने कार्यक्रम तथा मायाको चिनो प्रदान गरिएको थियो।
प्रमुख अतिथि डा. श्री प्रसाद भट्टराईले सीपमूलक शिक्षा वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै Hospitality क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा CAAN ले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। अन्य विशेष अतिथिहरूले पनि संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा होटल व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन समारोहमा सभाध्यक्ष पुष्पराज पन्थले सम्पूर्ण अतिथि, विद्यार्थी, अभिभावक, साझेदार संस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा Diploma Level सहित थप गुणस्तरीय Hospitality कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“Cook with Heart, Learn with CAAN.” 👨🍳
रिपोर्टर : बिनोद भुसाल





