भदौ २९, बुटवल / सामाजिक उत्तरदायित्व तथा मर्यादित समाज को परिकल्पना लाई साक्षात्कार गर्न स्थापना गरिएको जयसवाल (कलवार) सेवा समिती बुटवल ,अन्तर्गत को जयसवाल युथ क्लब मा नया नेतृत्व चयन भएको छ।
शनिवार एक कार्यक्रम मा मुल समिती अध्यक्ष श्री आनन्द जयसवाल ज्यु को सभापतित्व,कलवार कल्याण महासंघ का केन्द्रिय सदस्य श्री शुभास चन्द जयसवाल ज्यु को प्रमुख आतिथ्यता ,संस्थापक अध्यक्ष भगैती जयसवाल, बरिस्ठ उपाध्यक्ष श्री जगत गुप्ता, उपाध्यक्ष श्री सन्जय जयसवाल, महा सचिब श्री श्रवण जयसवाल ज्यु को उपस्थित मा युवा समिती कै श्री पृथ्वी गुप्ता लाई सर्वसम्मत मा जयसवाल युथ क्लब को अध्यक्ष च्यन गरिएको छ भने उपाध्यक्ष मा नितेश गुप्ता, तथा कोषाध्यक्ष मा पिन्कु जयसवाल लाई गरिएको छ।
उक्त कार्यक्रम मा नया निर्वाचित टिम लाई जयसवाल युथ क्लब का पुर्व अध्यक्ष राजभिर जयसवाल ज्यु ले खादा माला सहित बधाई दिनु भएको थियो ,कार्यक्रम को संचालन क्लबका सचिव कृष्ण जयसवाल ले गर्नु भएको थियो जयसवाल युवा क्लबले प्रत्येक दुई/ दुई वर्षमा नयाँ नेतृत्व चयन गर्दै आएको छ ।






