जेनजी’ प्रदर्शनका घाइते चार वर्गमा विभाजन

Shares

२८ कात्तिक, काठमाडौँ – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई चार प्रकारमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, प्राविधिक समितिले घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरेको छ।

सरकारले मन्त्रालयको गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो। समितिले चोटपटकको आधारमा घाइतेलाई वर्गीकरण गरेको हो। मन्त्रालयका अनुसार, अति गम्भीर घाइते २३ जना, गम्भीर २१ जना, मध्यम २३ जना र सामान्य ११ जनाका चोटपटकका आधारमा छुट्टाइएका छन्।

वर्गीकरणअनुसार घाइतेहरूलाई परिचयपत्र उपलब्ध गराइनेछ। सरकारले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण प्रक्रिया छिटो सम्पन्न गर्न निर्देशन दिएको छ।

डा. बुढाथोकीका अनुसार, गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा २,५७२ जना घाइते भएका थिए, जसमा ११ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.