तिलोत्तमामा १० प्रतिशत छात्रवृत्ति कार्यान्वयनको माग गर्दै ‘युवाका लागि युवा’ द्वारा ज्ञापनपत्र बुझाइयो।

Shares

तिलोत्तमा, माघ २० तिलोत्तमा नगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालय तथा कलेजहरूमा नियमअनुसार छात्रवृत्ति वितरण नगरिएको भन्दै स्थानीय युवाहरूको समूह ‘युवाका लागि युवा’ ले नगरपालिकाको ध्यानाकर्षण गराएको छ। मंगलबार समूहले तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणप्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको र प्रचलित शिक्षा ऐनले निजी तथा संस्थागत शैक्षिक संस्थाहरूमा कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। तर, तिलोत्तमाका धेरैजसो शिक्षण संस्थाहरूले यो प्रावधानलाई पूर्ण रूपमा पालना नगर्दा लक्षित वर्गका हजारौँ विद्यार्थीहरू राज्यले प्रदान गरेको सुविधाबाट वञ्चित भएको ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्र बुझाउने क्रममा ‘युवाका लागि युवा’ का संयोजक जीवन पाण्डेले “ऐनमा व्यवस्था भए पनि व्यवहारमा छात्रवृत्ति कार्यान्वयन नहुँदा जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीहरू मारमा परेकाे बताउनुभयो।

त्यसैगरी, अभियानका सदस्य दीपक श्रीसले तिलोत्तमालाई शैक्षिक हब बनाउने लक्ष्य राखिरहँदा यस्ता नीतिगत सुधारले ठूलो अर्थ राख्ने बताउनुभयो। उहाँले भन्नुभयो— “यदि १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा वितरण हुने हो भने यसले तिलोत्तमाको शैक्षिक विकासमा कोसेढुङ्गा सावित हुनेछ। हामी विद्यार्थीको हक अधिकारका लागि यो अभियानमा जुटेका हौँ।”

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिका शिक्षाको पहुँच र गुणस्तरप्रति संवेदनशील रहेको बताउनुभयो। उहाँले छात्रवृत्ति सम्बन्धी नियमको पालना भए-नभएको बारे अनुगमन गरिने र कानुन सम्मत अधिकार कार्यान्वयन गराउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.