नेपाल औषधि व्यवसायी संघ रूपन्देहीमा पुरुषोत्तम भट्टराईको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित

Shares

​बुटवल – नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रूपन्देहीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। होटल सिद्धार्थ कटेज, बुटवलमा सम्पन्न अधिवेशनले पुरुषोत्तम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

​नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण बहादुर थापा, उपाध्यक्ष (थोक) मा कृष्ण प्रसाद शर्मा पोखरेल, उपाध्यक्ष (खुद्रा) मा माधव प्रसाद खनाल, महासचिवमा केदारनाथ नेपाल, कोषाध्यक्षमा कपिल ज्ञवाली, सचिवमा उमेशचन्द्र आचार्य र उप-कोषाध्यक्षमा एकादेव बस्याल निर्वाचित हुनुभएको छ । साथै, सदस्यहरूमा गुज्जन ढकाल, दीपक अधिकारी, मुकेश श्रेष्ठ, मोतिलाल खनाल, लेखनाथ न्यौपाने (गणेश), सजना श्रेष्ठ र सुभेच्छा गौतम निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्ण घिमिरे गाउँलेले बताए भयो ।

​अधिवेशनको खुला सत्रमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले वैदेशिक रोजगारीका कारण युवा पलायन भई जनसंख्या घटेकाले व्यवसाय कमजोर भएको बताउँदै पुनले युवालाई देशमै रोजगारी सिर्जना गर्न सबै पक्षको महत्त्वपूर्ण भूमिका आवश्यक रहेको औंल्याउनुभयो । व्यवसायीहरूका समस्याहरू सङ्कलन गरेर मन्त्रालयमा ल्याउन आग्रह गर्दै सकेसम्म सम्बोधन गर्ने बताए । ​केन्द्रीय अध्यक्ष विनोद खण्डेवालले खुला सिमानाका कारण बजारमा नक्कली औषधि भित्रिने क्रम बढेकाले सरकारले यसको कडा नियन्त्रण गर्नुपर्ने माग गरे । साथै, जुनसुकै विपद्को समयमा पनि औषधि व्यवसायी संघले अग्रसर भएर ठूलो भूमिका खेलेको उनले स्मरण गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले औषधि व्यवसायी संघजस्ता व्यवस्थित संस्थाका कारण समग्र बुटवलको गरिमा बढेको धारणा व्यक्त गरे । ​कार्यक्रममा औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले वर्तमान समयमा व्यवसायीहरू चरम मारमा परेको बेला राज्य नै व्यापारी भएर गतिविधि गर्दा अप्ठ्यारो भएको बताउँदै व्यवसायीको हक अधिकारका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । त्यस्तै, औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले औषधि व्यवस्था विभागले संघीय संरचना अनुरूप प्रदेश स्तरीय शाखा व्यवस्थापन गर्न नसक्दा व्यवसायीलाई कठिनाइ भएको गुनासो गर्दै व्यावसायिक एकता र हकहितका लागि सबै एकजुट भएर अगाडि बढेको प्रष्ट पारे ।

​खुला सत्रमा संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले आफ्नो कार्यकालमा गरेका कामहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव कृष्ण प्रसाद शर्मा पोखरेलले गरेका थिए । निर्वाचित कार्यसमितिलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, पूर्ण लुम्बिनी अञ्चल अध्यक्ष डा. रोहितराज क्षेत्री, पूर्व केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम भट्टराईले संस्थाको गरिमा उच्च राख्दै व्यवसायीहरूको हकहित र अधिकार रक्षाका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.