बबई सिंचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँगको सम्झौता रद्द गर्ने तयारी

Shares

३० असोज, काठमाडौं । सरकारले लामो समयदेखि ठप्प रहेका सिंचाइ सम्बन्धी रुग्ण ठेक्काहरू तोड्ने प्रक्रिया अघि बढाएको छ।

यसै क्रममा बबई सिंचाइ आयोजनाले करिब छ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरेको ठेक्का सम्झौता बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोड्ने तयारी गरेको हो।

आयोजनाले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतका लागि सम्झौता गरेको थियो। तर, ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य रहेको र बाँकी दुई ठेक्काको क्रमशः ३० र ५५ प्रतिशत मात्र प्रगति भएको आयोजनाले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायहरूलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए।

आयोजनाले पटक–पटक सूचना दिएर पनि कम्पनीले सम्झौता अनुसार काम सुरु नगरेको र ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काममा प्रगति नदेखिएको बताएको छ। त्यसैले ठेक्का सम्झौता अन्त्य गर्नका लागि कम्पनीलाई १५ दिनभित्र प्रमाणसहित उपस्थित हुन सूचना जारी गरिएको छ।

यदि प्रस्तुत प्रमाण नियमसंगत वा चित्तबुझ्दो नभएमा सार्वजनिक खरिद ऐनअनुसार कम्पनीको कार्यसम्पादन जमानत तथा धरौटी रकम जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ।

सिँचाइ विभागका अनुसार राष्ट्रिय गौरवका भेरी बबई र सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनासहित देशभरका २५ सिंचाइ परियोजनाका ठेक्का रुग्ण छन्। तीमध्ये ६ वटा ठेक्का तोड्ने प्रक्रिया हाल अघि बढाइएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.