बाढीपीडित राहत कोषमा अक्सफोर्ड माविद्वारा ५ लाख सहयोग

Shares

बुटवल। शिक्षण संस्थाहरू केवल ज्ञान दिने केन्द्र मात्र नभई समाजको दुःख र पीडामा साथ दिने संवेदनशील संस्था पनि हुन् भन्ने आदर्शलाई आत्मसात गर्दै बुटवलस्थित अक्सफोर्ड परिवारले सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। हालै नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण सिर्जित कठिन परिस्थितिप्रति गहिरो मानवीय संवेदना व्यक्त गर्दै संस्थाले राहत कोषमा वित्तीय सहयोग उपलब्ध गराएको हो।

बाढी तथा पहिरो प्रभावितहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि अक्सफोर्ड माध्यमिक विद्यालय परिवारद्वारा रु. ४,००,०००/- (चार लाख) र अक्सफोर्ड कलेज परिवारद्वारा रु. १,००,०००/- (एक लाख) गरी कुल रु. ५,००,०००/- (पाँच लाख रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

सहयोग रकम हस्तान्तरण/जम्मा गरेपछि बोल्दै  अक्सफोर्ड माध्यमिक विद्यालयका प्राचार्य दिनेश भुसालले, विपद्को यसकठिन घडीमा पीडित परिवारहरूको पीडामा केही हदसम्म भए पनि मलम लगाउन सकियोस् भन्ने हाम्रो सहयोग गरेको बताउनुभयो

त्यस्तै, अक्सफोर्ड कलेजका प्राध्यापक सुमन भुसालले विपद्को समयमा समाजलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउँदै प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले कठिन परिस्थितिको सामना गरिरहनु परेको छ। यस्तो संवेदनशील समयमा एउटाशैक्षिक संस्थाको नाताले सामाजिक दायित्व बोध गर्दै हामीले यो सानो सहयोग गरेका हौँ। आगामी दिनमा पनि अक्सफोर्ड परिवार मानवीय सेवा सामाजिक कार्यमा सधैँ अग्रसर रहनेछ।

संस्थाले विपद्‌मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.