बुटवल, असोज २९ – अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर होराइजन जीबीएसको इन्टरयाक्ट क्लबले विद्यालय परिसरमा युवा विेदेश पलायन समस्या र समाधान विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। बालबालिकाको क्षमता अभिवृद्धि र अभिव्यक्ति कलालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
क्लवका अध्यक्ष सुमित भट्टराईको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा प्राचार्य गोपालप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।प्राध्यापक रमेशहरि ढकाल र प्राध्यापक कृष्णप्रसाद पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा विद्यालयका उपप्राचार्य इन्द्र भुसाल, प्राचार्य गोपाल प्रसाद आचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कशजुले बालबालिकाको भविष्य र उनीहरूमा निहित क्षमताका बारेमा विचार व्यक्त गर्दै मानिसको बोल्ने कला महत्वपूर्ण रहेकोले कुनै पनि विषयमा बोल्न सधै अग्र पङ्तिमा रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन रीदम भुसालले गरेकी थिइन।
कार्यक्रममा सहभागीहरूलाई स्वागत मन्तव्य श्रेयम थापाले दिएका थिए। प्रतियोगितामा समृद्धि पाण्डे प्रथम, प्रिया गुप्ता द्वितीय र भावना भट्टराई तृतीय भएका थिए। विजयी विद्यार्थीहरूलाई टीका र खादा लगाएर सम्मान गरिएको थियो।






