युएनको कार्यक्रममा अमेरिका जाने चार प्रहरी अधिकृतको नाम काटियो

Shares

१९ असार, काठमाडौं। संयुक्त राष्ट्र संघ (युएन)को आयोजनामा अमेरिकामा हुने ‘चिफ अफ पुलिस समिट’मा सहभागी हुन प्रस्तावित चार प्रहरी अधिकृतको नाम सरकारले अन्तिम सूचीबाट हटाएको छ।

सरकारी खर्चमा मितव्ययिता अपनाउने निर्णयअनुसार नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम काटिएको स्रोतले जनाएको छ। यससँगै अब नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल मात्र कार्यक्रममा सहभागी हुने भएका छन्।

नाम हटाइएका अधिकृतहरूमा दुवै आईजीपीका स्टाफ अफिसर तथा यूएन शाखाका प्रमुख रहेका छन्। यसअघि युएनको यस्ता कार्यक्रममा प्रहरी प्रमुखसँगै स्टाफ अफिसर र यूएन शाखाका प्रमुख पनि सहभागी हुने अभ्यास रहँदै आएको थियो।

जानकारहरूका अनुसार युएनको उच्चस्तरीय कार्यक्रममा प्रहरी प्रमुखलाई आवश्यक समन्वय र प्रशासनिक सहयोगका लागि स्टाफ अफिसरको उपस्थिति महत्त्वपूर्ण मानिन्छ। अन्य सदस्य राष्ट्रका प्रहरी प्रमुखहरू पनि प्रायः आफ्ना स्टाफ अफिसरसहित कार्यक्रममा सहभागी हुने गरेको बताइन्छ।

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरू सहभागी हुने ‘चिफ अफ पुलिस समिट’मा मुख्य रूपमा शान्ति स्थापना (पिसकिपिङ) सम्बन्धी नीति, अनुभव र भावी योजनाबारे छलफल हुने गर्छ। यस वर्षको सम्मेलन अमेरिकामा जुलाई ५ देखि ७ सम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.