असार २९, बुटवल / लियो क्लब अफ बुटवल स्टारको अध्यक्ष राजेन्द्र मल्ल चयन हुनुभएको छ ।
वर्ष २०२६/२७ लागि मल्लको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । मल्ल लियो क्लब अफ बुटवल स्टार लागि दसौँ अध्यक्ष चयन हुनुभएको थियो । अध्यक्ष मल्ले विशेष सम्बोधन गर्दै क्लवले विगत भन्दा फरक तरिकाले आफ्नो कार्यक्रमहरू, योजनाहरू एजेन्डाहरू अघि बढाउने जानकारी दिनुभएको थियो।
यसैगरी लियो क्लवका पूर्व अध्यक्षहरुलाई पनि ल क्लवले विशेष सम्मान प्रदान गरेको थियो। यसैगरी पूर्व अध्यक्ष राजवीर जयसवालले आगामी वर्षमा पनि क्लवलाई आफ्नो तर्फबाट साथ रसहयोग गराउने जानकारी दिनुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन भने क्लवका सचिव संगित सुनारले गर्नुभएको थियो।
Post Views: 163





