समानुपातिक निर्वाचन कार्यसूची आजदेखि सुरु

Shares

२१ मंसिर, काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक कार्यसूची आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन्। प्राप्त निवेदनको अध्ययन गरी मंसिर ২৬ गतेसम्म स्वीकृत गरिने उनले बताए।

त्यसैगरी, समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेश गर्ने समय पुस १३ र १४ गते निर्धारण गरिएको छ। बन्दसूचीमा ५० प्रतिशत महिला अनिवार्य समावेश गरिनुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रारम्भिक सूची माघ ४ गते सार्वजनिक गरिनेछ। सो सूचीमाथि दाबी–विरोध तथा उजुरीको छानबिन सम्पन्न गरी माघ २० गते अन्तिम बन्दसूची प्रकाशन गरिने तालिका छ।

विद्यमान कानुनअनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहने व्यवस्था छ, जसमा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुनेछन्। प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुने कार्यतालिका रहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.