भदौ २८, बुटवल – सिर्जनशिल टोल बिकास सस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तर बाट नै नागरिक सहभागिता सनिश्चित गर्दै समाजको आवश्यक,सामाजिक,साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना सृजना गर्न तिलोत्तमा वडा न ९ को भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडा कार्यालयको सहयोगिको रुपमा काम गर्ने गरि तिलोत्तमा वडा न ९ मा गठित सिर्जनशील टोल बिकास सस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
सिर्जनशील टोल बिकास सस्थाको उक्त कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर ९ का वडा सदस्य कमल रेग्मि , बिशिष्ट अतिथि वडा सदस्य लब्सन गुरुङ , सहित टोल बासि सदस्यहरुको उपस्थिति रहेको थियो , ।यस कार्यक्रमका प्रमुख अतिथि ले यो सस्था सामाजिक बिकासमा निरन्तर अगाडि बढिरहेको , बिकासको लागि बजेट माग गरि आफ्नो क्षेत्रको बिकासमा कृयाशिल रहेको भन्दै यस सस्थाको कार्यसमिति ले छोटो समयमा यस क्षेत्रको बिकास गर्न सफल भएको भन्दै आगामि दिनमा पनि अग्रसर रहेर कार्य गर्दै जादा आफ्नो पनि थप सह्योग रहने प्रतिबद्दत ब्यक्त गर्दै शुभकामना मन्त्ब्य राख्नु भएको थियो ।प्रथम अधिबेशन गराउन ३ सद्स्य निर्वाचन मन्डल गठन गरिएको थियो , निर्वाचन सयोजकको जिम्मेवारी डोल्मा थामिले गर्नु भएको थियो यस सिर्जनशिल टोलको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन बाट कृष्ण प्रसाद डुम्रेको अध्यक्षतामा उपाध्यक्ष सीता घिमिरे ,सचीव राजेन्द्र पोखरेल ,कोषाध्यक्ष सिजन सिंजाली,सहित कार्यसमिति सदस्य ७ जना गरि ११ जनाको कार्यसमिति गठन गरिएको छ। तिलोत्तमा नगरपालिका वडा न ९ मा यस सिर्जनशिल टोल बिकास सस्था ले समाजमा सुशासन लाई जोड दिदै सामाजिक क्रियाकलाप मा सहभागी रहेर सरसफाइ कार्यक्रम ,सडक बत्ति ब्यवस्थापन एवम सामाजिक सहिष्णुता कायम गर्दै , महत्त्वपूर्ण भुमिका निर्वाह सहित कार्य गरिरहेको जानाकारी सिर्जनशील टोल बिकास सस्था का अध्यक्ष कृष्ण प्रसाद डुम्रे ले जानाकारी गराउनु भयो ।






