सुकुमवासी राखिएका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भयो : हर्क साम्पाङ

Shares

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै अध्यक्ष साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् । यसबाहेक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गरे ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.