होराइजन गौतमबुद्ध विद्यालयमा तीज गीत प्रतियोगिता सम्पन्न

Shares

बुटवल,महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा होराइजन गौतमबुद्ध विद्यालयमा भव्य तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। दिवा र बिहानी गरी दुई चरणमा सञ्चालित प्रतियोगितामा विद्यार्थीहरूले मौलिक तथा आधुनिक तीज गीतहरू प्रस्तुत गर्दै नृत्य प्रदर्शन गरेका थिए।

प्रतियोगितामा दिवा समूहतर्फ नजिता ज्ञवालीको समूहले प्रथम, सङ्गम गुरुङको समूहले दोस्रो, ओस्नि आचार्यको समूहले तेस्रो र मान्यता सापकोटाको समूहले सान्त्वना स्थान हासिल गरे। त्यस्तै, बिहानी समूहमा श्रेया भण्डारीको समूह प्रथम, दिलासा भण्डारीको समूह दोस्रो र श्रेया भण्डारीको समूह तेस्रो भएका थिए।

विजेता विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य र सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले टीका तथा पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो। प्राचार्य आचार्यले तीज पर्वले महिला सशक्तीकरण र सामाजिक सद्भावलाई बढावा दिने भन्दै यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने बताउनुभयो। सहायक क्याम्पस प्रमुख भुसालले तीजलाई केवल मनोरञ्जनको पर्व मात्र नभई सामाजिक कुरीति र विभेदका विरुद्ध आवाज उठाउने माध्यमका रूपमा पनि लिनुपर्नेमा जोड दिनुभयो।

प्रतियोगितामा निर्णायकको भूमिका रुद्र प्रसाद भुसाल, अरुण घिमिरे र डा. मुरारी पराजुलीले बिहानी समूहका लागि तथा ध्रुव अर्याल, रिना लम्साल र माया ज्ञवालीले दिवा समूहका लागि निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय गायिका सपना गाहा मगरले विशेष साङ्गीतिक प्रस्तुति दिएर कार्यक्रमको रौनक थपेकी थिइन्। डा. नारायणप्रसाद पन्थले सञ्चालन गरेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.