तिलोत्तमा पौष २८ गते
होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १ ड्राइभरटोल रुपन्देहीको ३२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताह व्यापी खेलकुद प्रतियोगिताको चौथो दिनका खेलहरू सम्पन्न भएका छन् । आज भएको बास्केटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने (कक्षा ११ व्यवस्थापन बिहानी समूह) का प्रसिद्ध अर्याल, प्रसुन राना, संगम चन्द, विष्णु रायमाझी र (कक्षा १२ व्यवस्थापन समूह) का ओम बराल रहेका छन् ।
यसैगरी बास्केटबलमै दोस्रो स्थान हासिल गर्ने (कक्षा ११ विज्ञान समूह अल्फा सेक्सन) निश्चल थापा, सुशील भण्डारी, अमन क्षेत्री, सिद्धार्थ पौडेल र (व्यवस्थापन समूह बिहानी ए सेक्सन) विशेष क्षेत्री रहेका छन् ।
आजै भएको स्पेल बी कम्पिटिसनतर्फ प्रथम स्थान हासिल गर्ने (कक्षा १२ विज्ञान ‘ए’ सेक्सन) मयंक भुसाल, दोस्रो स्थान हासिल गर्ने (कक्षा १२ विज्ञान ‘जी’ सेक्सन) साक्षी शर्मा र तृतीय स्थान (कक्षा १२ विज्ञान समूहका समीक्षा यादव रहेका छन् ।
यसैगरी कबड्डी(छात्र)तर्फ आजै भएको खेलमा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु कक्षा ११ का इसित विष्ट, श्रवण साहनी, सिद्धार्थ गुरुङ्ग र कक्षा १२ का अमरनाथ कलवार, असोक भट्टराई, कृतिम भट्टराई, स्वयम थापा, शैलेश यादव रहेका छन् । दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरु कक्षा ११ का प्रशान्त पाण्डे, प्रेम बम्रेल, निश्चल रेश्मी, अमन क्षेत्री, कृष्ण बस्नेत र कक्षा १२ का निशान वि.क., अमुस गुरुङ्ग रहेका छन् ।
एथलेटिक्सतर्फ भएको १००० मिटर छात्र दौडतर्फ निश्चल थापा (१२ डी बिहानी ) प्रथम स्थान, निश्चल थापा (कक्षा ११ अल्फा) द्वितीय र साहिल कुमार थारु (११ डी बिहानी) ले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी सटपुट छात्रातर्फ कृति ढेंगा मगर (कक्षा १२ डी दिवा) ले प्रथम स्थान, हिना ज्ञवाली (कक्षा १२ एफ विज्ञान) ले द्वितीय स्थान, आयका थापा (कक्षा ११ ए बिहानी) ले द्वितीय स्थान र जस्मिन थापा(कक्षा १२ बि दिवा) ले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी सटपुट छात्रतर्फ दीपेश थारु (कक्षा ११ बि दिवा) ले प्रथम स्थान, निश्चल रेश्मी थापा (कक्षा ११ दिवा) ले द्वितीय स्थान, नरेश गुरुङ् (कक्षा ११ डी दिवा) ले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
भोलि खेलकुद सप्ताहको समापन तथा विभिन्न खेलकुदमा प्रथम, द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै कक्षा ११ र १२ का विद्यार्थीहरूद्वारा खाना महोत्सव सञ्चालन गर्ने अतिरिक्त क्रियाकलाप प्रमुख डा. मुरारि पराजुलीले जानकारी दिनुभयो ।






