२८ साउन,काठमाडौं —
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलिदेखि सुरू हुने एन्फा महिला लिग क्वालिफायरको तयारी पूरा भएको जनाएको छ। सातदोबाटो एन्फा कम्प्लेक्स र ललितपुरको च्यासल मैदानमा हुने प्रतियोगितामा १४ क्लब सहभागी छन्।
टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत दुवै समूहका विजेता र उपविजेता प्रत्यक्ष महिला लिगका लागि छनोट हुनेछन्। समूहको तेस्रो स्थानमा रहेका टोलीबीच हुने नकआउट खेलको विजेता पाँचौं टोलीको रूपमा छनोट हुनेछ।
Post Views: 492






