साउन २८ गते, काठमाडौं —
बेलायत, फ्रान्स र जर्मनी (ई–थ्री) ले इरानसँग आणविक वार्ता यसै साउनको अन्त्यसम्म पुनः सुरू नभए संयुक्त राष्ट्रसंघमार्फत कडा प्रतिबन्ध लागू गर्ने चेतावनी दिएका छन्।
यी मुलुकहरूले ‘स्न्यापब्याक संयन्त्र’ प्रयोग गर्न तयार रहेको बताएका छन्, जसअन्तर्गत इरानले सन् २०१५ को आणविक सम्झौताको उल्लङ्घन गरेको ठहर भएमा अघिल्ला सबै प्रतिबन्ध स्वतः लागू हुन्छन्।
इरानले वार्ताका लागि तयार रहेको बताए पनि उसले विद्यमान प्रतिबन्ध हटाउने र नागरिक आणविक कार्यक्रमको अधिकार स्वीकृत गर्ने सर्त राखेको छ। सम्झौताको म्याद यो अक्टोबरमा समाप्त हुँदैछ।
Post Views: 441






