२९ साउन, बुटवल – लायन्स क्लब अफ बुटवल सिद्धबाबाले Youth Empowerment अभियान अन्तर्गत तिलोत्तमा–५, मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै लागू पदार्थ दुर्व्यसनसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन्स भूमिप्रसाद सापकोटाले गरेका थिए भने प्रमुख अतिथि रूपमा ३२५ पि डिस्टिक गभर्नर लायन्स बलराम भट्टराई उपस्थित थिए। कार्यक्रममा विद्यालय प्रध्यापक कुलप्रसाद लामिछाने, रिजन चेयर पर्सन लायन्स ओम थापा, पूर्व अध्यक्ष तथा जोन ३१ का जोन चेयर पर्सन लायन्स नारायण तिवारी, वरिष्ठ जिल्ला सल्लाहकार तथा पूर्व अध्यक्ष लायन्स गणेश प्रसाद भट्टराई लगायत विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।
विद्यालय प्रध्यापक कुलप्रसाद लामिछानेले विद्यालयको संक्षिप्त परिचय दिँदै हाल विभिन्न जिल्लाबाट आएका गरी कुल ६,८०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। उनले विद्यार्थीहरूलाई लागू पदार्थमा संलग्न नहुन आग्रह गर्दै लायन्स क्लबको योगदानको प्रशंसा गरे।
प्रमुख अतिथि लायन्स बलराम भट्टराईले विद्यार्थीहरूलाई भविष्यका कर्णधारका रूपमा परिश्रम, अनुशासन र सकारात्मक ऊर्जाको सदुपयोग गर्न प्रेरित गरे।
करिब १५० जना विद्यार्थीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको संयोजन लायन्स विष्णु पौडेलले गरेका थिए भने सञ्चालन क्लबका उपाध्यक्ष लायन्स नेत्र पाण्डेले गरेका थिए।









