लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने
Posted in लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य
बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट मार्फत बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निशुल्क गर्ने घोषणा गरेको थियो । जस अनुसार दुबै अस्पतालमा ओपिडी, इमर्जेन्सी र जनरल बेडको सेवा आजबाट निशुल्क भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आज निशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केशीले अस्पतालहरुको सेवा र संरचना बढाउँदै लैजाने बताए । उनले दुबै प्रादेशिक अस्पताललाई मिलाएर मेडिकल कलेज बनाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।