नवलपरासीमा कन्टेनर र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

Shares

१८ भदौ,काठमाण्डौ – पूर्वी नवलपरासीको देवचुलीमा गएराति कन्टेनर र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार मृतक पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनी हुन्। उपचारका क्रममा भरतपुरमा उनको ज्यान गएको हो।

घाइते हुनेमा कन्टेनरका सहचालक चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङ रहेका छन्। दुवैजनाको उपचार भरतपुरमै भइरहेको प्रहरीले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.