८ भदौ,काठमाण्डौ – उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा मिसाइलको परीक्षण गरेको छ। बीबीसीले उत्तर कोरियाको न्यूज एजेन्सीलाई उद्धृत गर्दै जनाएको छ कि यी मिसाइल ड्रोन र क्रुज मिसाइलजस्ता हवाई लक्ष्यहरू नष्ट गर्न सक्षम छन्।
परीक्षणको क्रममा उत्तर कोरियाका नेता किम जोङले प्रत्यक्ष अवलोकन गर्नुभएको थियो। किमले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आफ्नो देशले आणविक हतियार भण्डार बढाउने संकेत समेत गर्नुभएको छ।
सुरक्षा विशेषज्ञहरूले उत्तर कोरिया र रूसबीच मिसाइल प्रविधि आदानप्रदान भइरहेको आशङ्का व्यक्त गरिरहेका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगबीच वाशिङटनमा शिखर बैठकको तयारी पनि भइरहेको छ।
Post Views: 12,048






