वासिङटनमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता, दुई हप्ताभित्र पुटिन–जेलेन्स्की भेट हुने तयारी

Shares

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ। युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले ट्रम्पसँगको भेटलाई उपलब्धिमूलक भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले छलफलबाट सकारात्मक परिणाम आएको बताएका छन्। उनले यसअघि जस्तो वादविवाद नभएको र बैठक निर्माणात्मक बनेको बताए। भेटका क्रममा उनले ट्रम्पलाई युद्धमैदानको नक्सा देखाउँदै विभिन्न क्षेत्रमा नियन्त्रणको अवस्थाबारे प्रष्ट पारेका थिए। युक्रेनी नेतृत्वले पनि अमेरिका लगायत सहयोगी मुलुकहरूले सुरक्षाको ग्यारेन्टी दिने विश्वास व्यक्त गरेको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले दुई हप्ताभित्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेट हुने बताएका छन्। जर्मन चान्सलर फ्रिडरिख मर्जले ट्रम्पको भनाइलाई पुष्टि गर्दै यसलाई शान्ति प्रक्रियाका लागि सकारात्मक सङ्केत भनेका छन्। ट्रम्पले युक्रेनका लागि गरेको सुरक्षा ग्यारेन्टीसम्बन्धी घोषणालाई युरोपेली नेताहरूले स्वागत गर्दै यसलाई युरोप र युक्रेन दुवैका लागि महत्वपूर्ण कदमको रूपमा लिएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.