इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी मारिएको हुथीहरूको दाबी

Shares

१५ भदौ, काठमाडौं-यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी इजरायली आक्रमणमा मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन्।

हुथीहरूको भनाइमा, गाजा युद्ध सुरु भएपछि वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो, र यसलाई उनीहरूले हालसम्मको सबैभन्दा ठूलो क्षति भनेका छन्।

समाचार एजेन्सी रोयटर्सले हुथी एजेन्सीलाई उद्धृत गर्दै अल-रहावी मारिएको जनाएको भए पनि यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ।

हुथी समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल-मशातले शनिबार आक्रमणमा अल-रहावीको मृत्यु भएको औपचारिक रूपमा घोषणा गरेका थिए। आक्रमणबारे विस्तृत विवरण सार्वजनिक नभए पनि यस घटनामा उनका केही सहयोगी घाइते भएको बताइएको छ।

एएफपीका अनुसार, अल-रहावीलाई अन्तिम पटक बुधबार राजधानी सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो। हुथीहरूले जारी गरेको वक्तव्यमा उनले आफ्ना धेरै सहयोगीसहित प्राण गुमाएको र इजरायलले उनलाई निशाना बनाएको उल्लेख छ। घाइते भएकाहरू अहिले अस्पतालमा उपचाररत छन्।

यसअघि पनि इजरायलले सानामा हुथी समूहका उच्च अधिकारीहरू, जस्तै चीफ अफ स्टाफ र रक्षा मन्त्रीलाई लक्षित आक्रमण गरेको दाबी गरेको थियो। तर, यो आक्रमणमा हुथीहरूको रक्षा मन्त्री मारिएका हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन।

अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता भने उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहकै हातमा थियो। घटनापछि शनिबार मुफ्ताहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.