
स्यालको भ्रम (लघुकथा)
स्यालको भ्रम (लघुकथा)
एक घना जंगलको बीचमा एउटा लुखुरे स्याल बस्थ्यो। ऊ सानो छँदा नै आफ्नो चतुराइँका कारण बाँचेको थियो तर ऊ सँधै आफूलाई कमजोर महसुस गर्थ्यो। जंगलमा सिंहहरूको बथान राज गर्थ्यो, जसको गर्जनले सबै जनावरहरू थर्कमान हुन्थे। लुखुरे स्यालले सोच्यो, "यदि म सिंहजस्तै बन्न सकें भने मलाई पनि डराउने कोही हुँदैन।"
लुखुरे स्यालको मनमा सिंह बन्ने रहर जाग्यो। ऊ दिनभर सिंहहरूको हाउभाउ नियाल्न थाल्यो। सिंहहरू जस्तो हिँड्ने, उनीहरू जस्तै गर्जन निकाल्ने र उनीहरूकै जस्तै शिकार गर्ने सपना देख्न थाल्यो तर उसलाई यो थाहा थिएन कि सिंह बन्न केवल नक्कल गरेर हुँदैन, त्यसका लागि साहस, बल र जन्मजात गुण हुनुपर्छ।
एकदिन त्यस स्यालले आँट गरेर सिंहहरूको बथानमा जाने निर्णय गर्यो। ऊ आफूमा भएको आत्मविश्वास देखाउँदै सिंहको बथानतिर अघि बढ्यो। सिंहहरूले स्याललाई अचम्म मान्दै हेरे र त्यस बथानको एउटा सिंह